
काठमाडौं, २५ असार । रसुवामा आएको बाढीमा फसेका नागरिकको उद्वार गर्न गएका प्रहरी भिरबाट खसेका छन् ।
गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ लिङलिङमा नागरिकको उद्धारको लागि गएका शसस्त्र प्रहरी २ नम्बर गुल्मका सहायक हवल्दार विशाल थापा भिरबाट खसेका हुन् ।
उनी घाइते अवस्थामा छन् । उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भएको छ ।








प्रतिक्रिया