९ असार २०८३, मंगलबार

सोवितालाई गृहमन्त्रीले भने- को फर्किनुभएन भन्दिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्कनेको जानकारी दिन सांसद सोविता गौतमलाई आग्रह गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लेखकले गौतमको आरोपको खण्डन गर्दै को-को स्पेन गएका थिए र को–को नफर्किएका हुन् जानकारी दिन भनेका हुन् ।

‘प्रधानमन्त्री स्पेनको भ्रमणमा जानुभयो, उहाँसँग गएका मान्छे उतै गए भन्ने पनि कुरा उठेको छ,’ लेखकले भने, ‘हामीले कुनै पनि कुराको न्यूनतम जानकारी राख्नुपर्छ र सम्मानित सदनमा अत्यन्त जिम्मेवार भएर विषयवस्तुलाई मर्यादित भएर राख्दा राम्रो हुन्छ।’ उनले थपे, ‘प्रधानमन्त्रीको औपचारिकरुपले विदेश भ्रमण हुँदा उहाँको प्रतिनिधिमण्डलामा जाने सदस्यको मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै जाने हुन्छ। म माननीयलाई आग्रह गर्न चाहान्छु, को-को जानु भएको थियो, को फर्किनुभएन भन्दिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो।’