
काठमाडौं, २५ असार । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुन्न पत्र लेखेका महिमानसिंह विष्टको रिटमा सर्वोच्च अदालतले फैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
आफ्नो रिट दरपिठ गर्ने सर्वोच्च अदालत प्रशासनविरुद्ध उनले दायर गरेको रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाइ गरी दरपिठ गर्दाको आधारसहित कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो ।
उक्त घटनापछि प्रहरीले पक्राउ गरी म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेका उनी एक लाख धरौटीमा छुटेका थिए । उनलाई सर्वोच्च प्रशासनले भने दुइपटकसम्म स्पष्टीकरण सोध्दा जिम्मेवार जवाफ नदिएपछि निजामति ऐन अन्तर्गतको कारबाहीको प्रक्रिया अघि बढाइएको थियो ।
प्रशासनको उक्त निर्णयविरुद्ध विष्टले रिट दायर गरेका हुन् । उनको रिट दरपिठ भएपछि उनी इजलासमा निवेदन लिएर पुगेका हुन् ।








प्रतिक्रिया