२४ जेष्ठ २०८३, आइतबार

भूमि विधेयक संसदको कार्यसूचीबाट हटाउन विश्वप्रकाश शर्माको माग

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि विधेयक संसदको कार्यसूचीबाट हटाउन माग गरेका छन् ।

संसद सचिवालयले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित गर्ने गरी संसदको कार्यसूचीमा राखेपछि शर्माले विधेयकमाथि थप छलफल हुनुपर्ने भन्दै हटाउन माग गरेका हुन् ।

उनले भने,‘पूर्व सहमति खोजौं कि समितिमा पठाउँ । अन्यथा, आजलाई कार्यसूचीबाट हटाइयोस् ।’

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ लाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।