
काठमाडौं, २५ असार । काठमाडौंको टोखामा माइक्रो बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
टोखा नगरपालिका-६ ग्राण्डि सडक खण्डमा बा.प्र-०१ ००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा.प्र-०२-०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पठाओ चालक २४ वर्षीय युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका-१ बिलन्दी घर भइ हाल भक्तपुरको थलीमा बस्दै आएका २४ वर्षीय सोनाम योञ्जन छन्। उनको शव ग्राण्डी अस्पतालमा राखिएको छ।
घटनाको निष्पक्ष छानविन गरि दोषीमाथि कारबाहीको माग गर्दै पीडित पक्षले शव बुझन् मानेका छैनन्।








प्रतिक्रिया