
काठमाडौं, २४ असार । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
आज विशेष अदालतले पहाडीलाई दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा भ्रष्टाचारको आरोप पहाडीसहित १८ जनाविरूद्व मुद्दा दायर भएको छ । उनी आज अदालतमा उपस्थित भएकी थिइन् ।
आज न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सकिएपछिको थुनछेक बहसपछि २ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो ।








प्रतिक्रिया