५ असार २०८३, शुक्रबार

नेपाली सेनाको हेलिकप्टर चिनियाँ भूमिमा प्रवेश गरेपछि चिनियाँ सेनाद्वारा फोर्स ल्याण्डिङ

8.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २४ असार । रसुवामा बाढी पीडितको उद्दारमा खटिएको नेपाली सेनाको हेलिकप्टर चिनियाँ भूमिमा प्रवेश गरेपछि चिनियाँ सेनाले ल्याण्डिङ गराएको छ ।

झुक्किएर हेलिकप्टर चिनियाँ भूमिमा प्रवेश गरेपछि चिनियाँ सेनाले फोर्स ल्याण्डिङ गराएको हो ।

तर सेनाले भने प्राविधिक समस्या देखिएपछि चिनियाँ भूमिमा ल्याण्ड गर्नुपरेको बताएको छ ।

स्रोतका अनुसार चिनियाँ भूमिबाट हेलिकप्टर छुटाउन सरकारी तहबाट नै छलफल सुरू भएको छ ।