२४ जेष्ठ २०८३, आइतबार

मन्त्री ढकालद्वारा विजयनगरको सडक अवलोकन

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण पौडेल

कपिलवस्तु, २४ असार । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले विजयनगर गाउँपालिकामा त्रिपालनगरदेखि झिँगहासम्मको सडक अवलोकन गरेका छन् । मन्त्री ढकालले बहुवर्षीय योजना अन्तर्गत यसै वर्षदेखि कालोपत्रे सडक निर्माण सुरु हुने बताउँदै स्थानीयलाई ढुक्क रहन आग्रह गरे ।

‘बाटो बन्छ, ढुक्क हुनुहोस् । दुई महिना ढिलो हुन सक्छ तर काम सुरु हुन्छ,’ मन्त्री ढकालले स्थानीयसँग संवाद गर्दै भने । उनले विकास र पूर्वाधारलाई प्राथमिकतामा राखेर कार्य अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले उक्त सडक विजयनगरको मुख्य मार्ग भएको उल्लेख गर्दै वर्षौंदेखि समस्यामा रहेका नागरिकलाई अब सहजता हुने विश्वास व्यक्त गरेका छन् । मन्त्रीको अवलोकनले स्थानीयमा आशा र उत्साह थपिएको छ, अध्यक्ष थापाले भने ।

उनका अनुसार गाउँपालिकाको निरन्तरको पहलपछि सडक निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको हो । सडक निर्माणले स्थानीय यातायात, व्यापार तथा आर्थिक गतिविधिमा टेवा पुग्ने अध्यक्ष थापाको भनाइ थियो ।

अवलोकनको क्रममा ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको शंकपुर तालको पनि निरीक्षण गरिएको थियो ।