
काठमाडौं, २४ असार । भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ ।
गोरखाका थप दुईजना बेपत्ता भएको खुलेसँगै बेपत्ता हुनेको संख्या २० पुगेको हो । बेपत्ता हुनेमा गोरखाको पालुङ्टा नगरपालिका ६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ रहेका छन् ।
यसअघि रसुवामा तीनजना प्रहरीसहित १२ नेपाली र ६ जना चिनियाँ गरी १८ जना बेपत्ता भएका थिए । नेपाली सेनाका अनुसार हालसम्म बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ।









प्रतिक्रिया