१ असार २०८३, सोमबार

रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक (नामावलीसहित)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । रसुवामा आएको बाढीमा परेर बेपत्ताहरूको नामावली सार्वजनिक भएको छ । चीन-सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् ।

यी हुन् बेपत्ताहरू–
प्रहरी चौकी हाकु रसुवा दरबन्दी भइ इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोशी गा.पा. वडा नं.०४ बस्ने वर्ष ४२ को प्र.स.नि. लाल बहादुर श्रेष्ठ ।

जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गा.पा. वडा नं.०१ बस्ने वर्ष २४ को प्र.ज. मुन्ना ठाकुर ।

प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल न.पा. वडा नं.०९ बस्ने वर्ष २३ को प्र.ज. लोकेन्द्र बोहोरा ।

चाइनिज नागरिक-

YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG छन् ।

नेपाली नागरिक-

१.जिल्ला बर्दिया बस्ने वर्ष ३६ को जिपन चौधरी

२.ऐ.ऐ. बस्ने वर्ष ३५ को सन्तोष दइत

३. ऐ.ऐ. बस्ने वर्ष २५ को बुद्दीराम थारु

४. ऐ.ऐ। बस्ने वर्ष २४ को लक्ष्मीनारायण थारु

५. ऐ.ऐ. बस्ने वर्ष ३० को सुरेश थारु

६. जिल्ला बाग्लुङ बस्ने वर्ष नखुलेको नरेन्द्र वि.क।

७. जिल्ला सि.पा. घर भएको कन्टेनर डिब्बा चालक वर्ष नखुलेको फुर्वा लामा

८. वतन नखुलेको मिक्चर चालक वर्ष नखुलेकोगोविन्द मोक्तान

९. वतन नखुलेको हाइलक्स चालक वर्ष नखुलेको लोकमान तामाङ