१७ असार २०८३, बुधबार

टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडी अदालतमा उपस्थित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडी अदालतमा उपस्थित भएकी छिन् ।

भ्रष्टाचार मुद्दा खेपिरहेकी पहाडी आज विशेष अदालतमा उपस्थित भएकी हुन् । उनको न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान भइरहेको छ ।

पहाडीसहित १८ जनाविरुद्ध गत जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।