
– कृष्ण पौडेल
कपिलवस्तु, २३ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिंगे जंगलमा एम्बुलेन्स र विंगर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका हुन्।
सोमबार साँझ करिब ४ बजे अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको एम्बुलेन्स र बुटवलबाट चन्द्रौटातर्फ आउँदै गरेको लु १ ज ४२८० नम्बरको विंगर आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा पारेर अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी ९५ वर्षीया वृद्धा ईन्द्रकला रानाको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ। अन्य घाइतेहरूको कपिलवस्तु सामुदायिक अस्पताल, युनाइटेड हस्पिटल र सीएण्डसी अस्पताल चार नम्बरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।









प्रतिक्रिया