१२ कार्तिक २०८३, बिहिबार

धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । युनुस अन्सारी कारागार चलान भएका छन् ।

नक्कली भारतीय नोट कारोबारमा संलग्न रहेको आरोप लागेका अन्सारीमाथि सम्पत्ति शुद्वीकरणमा पनि मुद्दा दायर भएकामा धरौटी बुझाउन नसक्दा कारागार चलान भएका हुन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासले उनलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अन्सारीविरुद्ध २०६६ सालयता जाली नोटको कारोबारलगायत विभिन्न अभियोग लागेको थियो । जसमा दोषी ठहर भई उनी गत महिना मात्र छुटेका थिए। छुटेलगत्तै सिआइबीले नियन्त्रणमा लिएर उनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अर्को मुद्दा दायर गरेको हो ।