१९ असार २०८३, शुक्रबार

रास्वपाको हस्ताक्षर अभियानप्रति सूर्य थापाको टिप्पणी– आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले सञ्चालन गरिरहेको हस्ताक्षर अभियानप्रति असन्तुष्टि व्यक्ति गरेका छन् ।

आज प्रतिनिधिसभाको विशेष समयमा आफ्नो धारणा राख्दै उनले रास्वपाले आफ्नो रोटी सेक्ने काम गरिरहेका बताएका हुन् ।

हस्ताक्षर अभियानलेले अदालतको आदेश नबदलिने स्पष्ट पार्दै उनले जिल्लादेखि सर्वोच्चसम्मले सुनुवाई गरेका विषय कसरी प्रतिशोध हुन्छ ? भन्दै प्रश्न गरे ।

उनले भने, “सभामुख महोदय, एउटा नाटकीय हस्ताक्षर अभियान जारी छ, २०८२ साल असार ७ गते नै भैरहवा कारागारमा पुर्पक्षमा रहेका एकजना व्यक्तिको नाममा १५ पृष्ठको अपिल जारी गरिएको छ । मैले त्यसलाई याचनापत्र भनेको छु । अहिले त्यसकै आधारमा हस्ताक्षर अभियान जारी छ,” उनले भने, “अहिले अदालतमा मुद्दा चलिरहेको छ । त्यसका विरुद्ध हस्ताक्षर भइरहेको छ । यो राजनीति हो । राजनीतिक रोटी सेक्ने उपक्रम हो ।” उनले थपे,“खासमा जे भइरहेको छ । यो राजनीति हो । आफ्नो रोटी सेक्ने प्रपन्च हो । सर्वोच्चको आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन । बहस पैरवीका आधारमा अदालतले निर्णय गर्छ । यो कुराको हेक्का राख्न अनुरोध गर्छु । जिल्लादेखि सर्वोच्चसम्मले सुनुवाई गरेका विषय कसरी प्रतिशोध हुन्छ ? यो जानेर भएको छ कि अनाडी भएर गरिएको छ रु सर्वोच्चको आदेश बर्खिलाप हुनेगरी मिल्छ कि मिल्दैन ? शक्ति पृथकीकरणको संवैधानिक व्यवस्थाविरुद्ध छ । यस्ता कार्य अबिलम्ब रोक्न ध्यानाकर्षण गर्न चाहन्छु ।”