७ असार २०८३, आइतबार

टीभी हेर्न नदिएको भन्दै छोराले गरे बुबाको हत्या

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २२ असार । बाँकेमा छोराले बुबाको हत्या गरेका छन् ।

बैजनाथ गाउँपालिकामा ३२ वर्षीय भविलाल रोकाले ६० वर्षीय बुवा टोपबहादुर रोका क्षेत्रीको हत्या गरेका हुन् । बुबाले टिभी हेर्न नदिएको भन्दै भविलालले धारिलो हतियार प्रहार गरी बुबाको हत्या गरेका हुन् ।

बुबाको हत्या गरेर भविलाल फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । भविलाल लागूऔषध सेवनकर्ता रहेका बताइएको छ ।