११ असार २०८३, बिहिबार

सांसद चौधरी र फोटो पत्रकार छुँजु दुबईमा सम्मानित

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुबई, १७ असार । पूर्वमन्त्री तथा सांसद भगवती चौधरी र राष्ट्रिय फोटो पत्रकार समूह नेपालकी केन्द्रीय सदस्य रमिता छुँजु दुबईमा सम्मानित भएकी छन् ।

अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय महिला संसद सम्मेलन तथा आइकोनिक महिला पुरस्कार २०२५ मा नेपालबाट नेतृत्व तथा शासन विधामा सांसद चौधरी र फोटोग्राफी विधामा छुँजु सम्मानित भएकी हुन् ।

नेपालकी नमिता घिमिरेद्वारा स्थापना गरिएको अन्तर्राष्ट्रिय महिला संसद संस्थाको आयोजनामा सम्पन्न यो सम्मेलनमा पोजेक्ट १०० नामक अन्तर्राष्ट्रिय महिला सशक्तिकरण अभियानको औपचारिक सुरुवात समेत गरिएको छ ।

कार्यक्रममा भारत, बङ्गलादेश, श्रीलंका, अमेरिका, इथियोपिया, केन्या, बेलायत, मलेसिया, कोसोभो लगायतका विभिन्न देशहरूबाट आएका महिलाहरूलाई शिक्षा, प्रविधि, स्वास्थ्य, कर्पोरेट, कृषि, उद्यमशीलता, राजनीतिजस्ता क्षेत्रहरूमा योगदान पुर्‍याएकोमा सम्मान गरिएको थियो ।