
काठमाडौं, १६ असार । कार्यक्रम व्यवस्थापन संघको तेस्रो महाधिवेशनले अध्यक्षमा राजेन्द्र लुईटेल (राज) अध्यक्षमा निर्वाचित भरेको छ । देशभरका कार्यक्रम आयोजक एवं इभेन्ट व्यवस्थापकहरुको छाता संगठन कार्यक्रम व्यवस्थापन संघको आगामी दुई वर्षे कार्यकालका लागि लुईटेलको नेतृत्वमा १३ नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
उपाध्यक्षद्वयमा तृष्णा गुरुङ्ग, समिर लामा, महासचिवमा सोनीतराज ढुंगेल, सचिवमा विपिन पोखेरल, कोषाध्यक्षमा मनोज थापा र्निविरोध निर्वाचित भएका छन् ।
त्यसैगरी, सहसचिवमा भागिरथकुमार पोखरेल, सहकोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरुमा सुभाष श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहूल बन्जाडे, पूजा रेग्मि र लोमस कार्की निर्वाचित भएका थिए ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीहरुलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथि डा. अर्पणा शाह लगायतका अतिथिहरुले प्रमाण पत्रसहित वधाई दिएका थिए ।
देशभरका १२० भन्दा बढी इभेन्ट आयोजक तथा कम्पनीहरुको सहभागिता रहेको सोही महाधिवेशनबाट ३ जनालाई सल्लाहकार चयन गरिएको थियो । वरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा टिचिङ्ग अस्पतालका प्राध्यापक एवं लायन्स क्लबका पूर्व गर्भनर डा. सुशिला मल्ललाई सल्लाहकारको प्रमाणपत्र प्रदान गरिएको थियो ।
सोही समारोहमा संघका निवर्तमान अध्यक्ष लवबहादुर कार्कीलाई संरक्षकको रुपमा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण विएम आचार्यले गरेका थिए ।








प्रतिक्रिया