५ असार २०८३, शुक्रबार

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, १६ असार । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको गगने खोलामा रातिदेखिको लगातार वर्षासँगै ठूला ढुंगासहितको पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

प्रहरीका अनुसार गगने खोलामा बिहान ६ बजेदेखि सडक बन्द भएको हो ।

सडक खुलाउन हेभी मेसिनसहित जनशक्ति परिचालन गरिएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले जानकारी दिए ।

वर्षा भइरहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजनले यात्रुहरूलाई आग्रह गरेको छ ।

सडक अवरुद्ध हुँदा जुम्लादेखि सुर्खेत, नेपालगन्जतर्फ जाने मालबाहक र यात्रुबाहक सवारी साधन रोकिएका छन् ।