
काठमाडौं, १६ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल टर्की भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन् ।
टर्कीको इस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ मा भाग लिन गत बिहिबार उनी त्यसतर्फ गएका थिए ।
मन्त्री दाहालले आफ्नो इस्तानबुल भ्रमण फलदायी भएको बताए । समारोहलाई सम्बोधनका क्रममा नेपाल लगायत भूपरिवेष्ठित मुलुकहरूको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिएको मन्त्री दाहालले बताए ।
यस्तै, सोही भ्रमणका क्रममा मन्त्री दाहाल तथा त्यहाँका समकक्षीबीच भेटवार्ता भएको थियो । मन्त्री दाहाल र टर्कीका यातायातमन्त्री अव्दुल कदीर उरालोग्लुबीच दुई पक्षीय हितका बारेमा साइड लाइन वार्ता भएको थियो ।








प्रतिक्रिया