२१ असार २०८३, आइतबार

शीतल निवासमा धान रोपाइँ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवास परिसरमा धान रोपाइँ कार्यक्रम गरिएको छ ।

राष्ट्रपति कार्यालयद्धारा आज आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल लगायत सहभागी छन् ।

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यवसायिक बनाउनुपर्नेमा जोड दिए । कृषि लगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको उनको भनाई थियो ।