७ असार २०८३, आइतबार

प्रधानमन्त्री ओलीलाई दोहामा स्वागत

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, १५ असार । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार राति कतारको दोहा आइपुगेका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समय अनुसार राति ११ः१५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, उच्चाधिकारीहरु र कतार सरकारको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए ।

यस्तै, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चाणक पोखरेल र मञ्चका कतार अध्यक्ष चूडामणि कार्कीले पनि भ्रमण दललाई स्वाग गरेका थिए ।

प्रधानमन्त्री ओली शनिबार साँझ काठमाडौंबाट प्रस्थान गरेका थिए ।

कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली आज स्पेनको राजधानी म्याड्रिडमा पुग्नेछ ।