१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहेका उनीहरुबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुई देशको आपसी र सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए ।