
काठमाडौं, १४ असार । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभाको शनिबारको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित गरेको हो ।
सभामा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरूले सहमति जनाएसँगै प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।
प्रस्ताव पारित हुनुअघि सभामा छलफल भएको थियो । छलफलमा सहभागी सांसदहरूले उठाएको जिज्ञासाको गृहमन्त्री लेखकले जवाफ दिएका थिए ।








प्रतिक्रिया