
काठमाडौं, १४ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरु गरेको हस्ताक्षर अभियानमा सहभागी हुँदै हस्ताक्षर गरेका छन् ।
भट्टराई शनिबार रास्वपाको पार्टी कार्यालय बनस्थली पुगेर रास्वपा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर गरेका हुन् ।
रास्वपा सहकोषाध्यक्ष दीपक बोहोराले डा. भट्टराईले हस्ताक्षर अभियानमा साथ दिएको जानकारी गराएका छन् ।
रास्वपाले गत असार ७ गतेबाट लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने सहकारी ठगीको आरोपमा हाल जिल्ला कारागार रुपन्देहीको थुनामा छन् ।









प्रतिक्रिया