३२ असार २०८३, बिहिबार

एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ : अध्यक्ष ओली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार  । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले एकजुट रहेको बताएका छन् ।

जननेता मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले केही मिडियाले आज आफूले र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बम पड्काउने जस्ता भ्रम फिँजाएको र आजैबाट एमाले ध्वस्त हुने हल्ला फैलाएकोप्रति आपत्ति जनाए ।

‘विद्या भण्डारीले बम पड्काउनुहुन्छ, एमाले ध्वस्त हुन सुरु हुन्छ भन्ने सपना देखेर बसेका छन् । तर, यहाँ कुनै बमबारुद पड्किनेवाला छैन । आश नगरे हुन्छ, एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ ।’ अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले जननेता भण्डारीको विचारलाई नै मियो मानेर देश अगाडि बढिरहेको बताए । जबजको नेपालको राजनीतिमा असाधारण योगदान रहेको बताउँदै अध्यक्ष ओलीले भने, ‘जननेता मदन भण्डारीलाई चौथो महाधिवेशनले महासचिव बनायो । उहाँलाई महासचिव बनाउनु ऐतिहासिक महत्वको घटना थियो । नेतृत्वअनुसार आन्दोलन अघि बढ्ने नबढ्ने कुरा भर पर्छ । हामीले छैटौँ महाधिवेशनमा पारित गरेको कुरा मदन भण्डारीलाई महासचिव नबनाएको भए ती उपलब्धि हुन सक्दैनथे ।’