२४ जेष्ठ २०८३, आइतबार

मदन भण्डारीको जन्मजयन्तीमा मुख्यमन्त्री कार्की र पूर्वमुख्यमन्त्री थापाले गरे वृक्षारोपण

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १४ असार । जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती तथा वृक्षारोपण दिवसको अवसरमा आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वमुख्यमन्त्री उद्धव थापाले संयुक्त रुपमा वृक्षारोपण गरेका छन् ।

आज बिहान मुख्यमन्त्री निवासको प्राङ्गणमा उनीहरुले संयुक्त रुपमा विक्षारोपण गरेका हुन् । यस अवसरमा मुख्यमन्त्री कार्कीले वृक्षारोपणले पर्यावरण र वातावरण संरक्षणमा सहयोग पुग्ने बताए ।

मुख्यमन्त्री कार्कीले नेपालको सामाजिक तथा राजनीतिक आन्दोलनमा मदन भण्डारीको योगदान अतुलनीय रहेको बताए । उनले नेपालको राजनीतिक परिवर्तनका लागि भण्डारीले खेलेको भूमिका संसारका लागि उदाहरणीय भएको चर्चा गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन गरेको योगदान सधैं स्मरणीय हुने बताए ।

आज मदन भण्डारीको जन्मजयन्ती र वृक्षारोपण दिवस कोशी प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।