१९ असार २०८३, शुक्रबार

मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान चाहन्छौँ : शंकर पोखरेल

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । नेकपा (एमाले)का महासचिव शंखर पोखरेलले मिसन ८४ को माध्यमबाट मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान खोजेको बताएका छन् ।

जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौंमा आयोजित पद यात्रा कार्यक्रममा उनले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न पार्टी अगाडि बढेको भन्दै त्यसका लागि मिसन ८४ महत्वपूर्ण भएको बताए ।

उनले भने, ‘हामीले अहिले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्ष पूरा गर्नका लागि पार्टीलाई अगाडि बढाई रहेका छौँ । मिसन ८४ पनि एउटा महत्वपूर्ण कडी हो जसको माध्यमबाट हामी मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान चाहन्छौँ । नेपालको भविष्य उज्यालो छ र त्यो भविष्यको निर्माण जनताको बहुदलिय जनवादबाट हुने पनि उनको भनाई छ ।