१९ असार २०८३, शुक्रबार

जननेता मदन भण्डारीलाई यसरी सम्झिए प्रधानमन्त्रीले

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा रहेको बताएका छन् ।

मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भण्डारी नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा नेताका रुपमा रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीको आज ७४औं जन्मजयन्ती । जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।’

आज एमाले र त्यसको जनवर्गीय संगठनले तत्कालीन एमालेका महासचिव भण्डारीको ७४औं जन्मजयन्तीमा शनिबार विविध कार्यक्रम गरी मनाउँदैछ ।