१ असार २०८३, सोमबार

सिरहामा एक पुरुष मृत फेला, हत्याको आशंका

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, १४ असार । सिरहाको अर्नमा गाउँपालिकामा एक युवकको शव फेला परेको छ। अर्नमा गाउँपालिका–१ बुदियाचापमा ४३ वर्षीय अजय महरा मृत भेटिएका हुन् ।

शनिबार बिहान घरभन्दा केही पर मुलिफ अलि मन्सुरको आँपको रुखमुनि उनको शव फेला परेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

घाँटीमा गम्छाले बेरिएको अवस्थामा बिहान शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । महराको हत्या भएजस्तो देखिएको प्रहरीको जनाएको छ ।