२० असार २०८३, शनिबार

दैनिक जीवनमा प्रयोगमा आउने बिरुवा रोप्नुपर्छ : मुख्यमन्त्री कँडेल

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १४ असार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दैनिक जीवनमा प्रयोगमा आउने फलफूल तथा बहुपयोगी बिरुवा रोप्नुपर्ने बताएका छन् ।

आज डिभिजन वन कार्यालय सुर्खेतले आयोजना गरेको वृहत वृक्षारोपण सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै उनले वृक्षारोपण वातावरण संरक्षण मात्र नभई मानव उपयोगका हिसाबले समेत लाभदायी हुने भएकाले बिरुवा रोप्ने काम देखावटीका लागि नभई हाम्रो जीवनसँग जोडिने गरी प्रयोगमा आउनसक्ने, फल दिने र आर्थिक लाभसमेत दिने किसिमका बिरुवा रोप्नु पर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो ।

वृक्षारोपणलाई अभियानका रूपमा लैजानुपर्ने आवश्यकता औंल्याउँदै हामीकहाँ धेरैजसो ठाउँमा एकपटक बिरुवा रोपिन्छ, तर त्यसको संरक्षण हुँदैन । अब आयोजकले रोपण मात्र होइन, रेखदेख र संरक्षणमा पनि ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।

वन विनाश, भूक्षय, सुख्खा, असिनापानी जस्ता प्राकृतिक समस्याहरू वृक्षारोपणबाट नियन्त्रण गर्न सकिने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले वन क्षेत्रको संरक्षण, सामुदायिक वनको सशक्तीकरण, पर्यावरणमैत्री खेती र हरियाली विस्तारलाई प्राथमिकतामा राखेर स्थानीय तहहरूसँग सहकार्य गरेर वृक्षारोपण र वातावरण संरक्षणमा दीर्घकालीन योजनाहरू लागू गर्ने नीति लिएको बताए ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री, स्थानीय तहका प्रतिनिधि, सरकारी कर्मचारी, विद्यार्थी, सुरक्षा निकाय, सामाजिक अभियन्ता र सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो ।