१७ असार २०८३, बुधबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । संघीय संसद्अन्तर्गत आज (शनिबार) प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संघी संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘आर्थिक विधेयक, २०८२’,‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ ।

यस्तै, ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ समेत पारित गर्ने सम्भावित कार्यसूची छ ।