२१ जेष्ठ २०८३, बिहिबार

सिन्धुपाल्चोकमा सामूहिक बलात्कारपछि बालिकाकाे हत्या, ५ जना आरोपी सार्वजनिक

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १३ असार । सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पाँच जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार असार ११ गते भोटेकोशी गाउँपालिका–५ छ्याङ्दीको एक जंगलमा बालिका मृत फेला परेकी थिइन् ।

बलात्कारपछि हत्या आरोपमा प्रहरीले भोटेकोशीकै २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरेको हो ।

कोलगाउँ बस्ने बालिकाको शव घरदेखि अन्दाजी ४ सय मिटर पर रहेको बारीमा फेला परेको थियो । शव फेला परेपछि प्रहरीले घटनास्थलमा काठमाडौंबाट लागिएको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरेको थियो ।

प्रहरीको अनुसन्धानबाट पाँच जना आरोपी रहेको खुलेको जानकारी दिएको छ ।

प्रहरीले जिल्ला अदालतबाट सात दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।