
काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज (शुक्रबार) साँझ प्रकाशन गर्ने भएको छ ।
बोर्डको शुक्रबार बसेको पहिलो चरणको बैठकले आजै नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । त्यसका लागि अपराह्न साढे ५ बजे अर्को बैठक बस्ने छ । त्यसलगत्तै परीक्षाफल प्रकाशित गरिनेछ ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
परीक्षा बोर्डले यसअघि नै सूचना प्रकाशित गरेर नतिजा हेर्ने बारे जानकारी दिएको छ । जसअनुसार एसएमएस, आइभीआर र वेभसाइटबाट नतिजा हेर्ने व्यवस्था मिलाइएको छ ।









प्रतिक्रिया