४ असार २०८३, बिहिबार

नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, १३ असार । नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा ३२ वर्षीया कमला बलामी रहेको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

बेपत्ता बलामीको खोजी कार्यका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ । साथै, सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाइते भएका अशोक बलामीलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको छ।