३२ असार २०८३, बिहिबार

काठमाडौं भ्यूटावरका ठेकेदार भेटवाल पक्राउ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावरका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । १० करोडको चेक अनादर मुद्दामा कठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो ।

शुक्रबार उनलाई अनामनगरबाट पक्राउ गरिएको बताइएको छ ।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको चेक बाउन्स आरोपमा जाहेरी दर्ता भएको थियो ।

भेटवाल यसअघि ३ करोडको चेक बाउन्स आरोपमा पनि पक्राउ परेका थिए ।