३१ जेष्ठ २०८३, आइतबार

भिजिट भिसा प्रकरणबारे देउवा भन्छन्– गृहमन्त्रीविरुद्ध झुटा आरोप लगाउने प्रयास भयो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीविरुद्ध झुटा आरोप लगाउने प्रयास भएको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले देउवाले, ‘कहाँबाट हुनु नि । बेकारको झुटा कुरा हो ।’

यस्तै, उनले सरकारमा कुनै समस्या नभएको बताए । उनले कांग्रेस र एमाले फरक फरक दल भएकाले कतिपय निर्णयमा एकमत नहुनु सामान्य कुरा भएको पनि बताए ।

सभापति देउवाले पार्टीको महाधिवेशन निर्धारित समयमा नै हुने पनि बताए ।