३० जेष्ठ २०८३, शनिबार

चुनौतीबाट भाग्न खोज्नेले न आन्दोलनको रक्षा गर्न सक्दछ नत प्रगति नै : शंकर पोखरेल

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले चुनौतीको सामना नगरी आन्दोलनको रक्षा र प्रगति गर्न नसकिने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै पोखरेलले चुनौतीसँग जुध्ने सङ्कल्पबिना सफलता सम्भव नहुने स्पष्ट पारेका हुन् । ‘चुनौतीलाई सामना गरेर नै सफलता प्राप्त गर्न सकिन्छ, चुनौतीबाट भाग्न खोज्नेले न आन्दोलनको रक्षा गर्न सक्छ, नत प्रगति नै,’ पोखरेलले फेसबुकमा लेखेका छन् ।

हालैको राजनीतिक अवस्था, पार्टीभित्रका बहस, जिम्मेवारीप्रति नेताहरूको भूमिकामाथि उठेका प्रश्नहरू र राष्ट्रिय राजनीतिमा एमालेको सक्रियता सन्दर्भमा महासचिव पोखरेलको यो भनाइ आएको हो । उनको सन्देशलाई पार्टी अनुशासन, नेतृत्वको दृढता र रणनीतिक समझदारीप्रति सङ्केतका रूपमा विश्लेषण गरिएको छ ।