
काठमाडौं, १३ असार । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।
बैठकमा बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन लगायतको विषयमा छलफल हुने बताइएको छ । साथै, बैठकमा अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्ने बुझिएको छ ।
पतञ्जलीको जग्गामा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा छाडेको छ ।








प्रतिक्रिया