६ असार २०८३, शनिबार

मुकुलले दायर गरेको रिटमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइयो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट हटाइएका डा. मुकुल ढकालले आफूलाई महामन्त्री पदमा फर्काउन माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले असार १७ गते दुवै पक्षलाई बोलाएको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार १७ गते छलफलका लागि बोलाएको हो ।

आफूलाई महामन्त्री दाबी गर्दै ढकालले हिजो बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

ढकालले रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री कवीन्द्र बुर्लाकोटी र प्रवक्ता मनीष झालाई विपक्षी बनाएका थिए ।