९ असार २०८३, मंगलबार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

दिउँसो सवा १ बजे बस्ने बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२’ सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

विनियोजन विधेयक टेबल भएसँगै राष्ट्रिय सभामा छलफल सुरु हुनेछ । त्यसपछि राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

यस्तै, सांसद जगप्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची संसद् सचिवालयले जनाएको छ ।