
काठमाडौं, १२ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल टर्कीको इस्तानबुल प्रस्थान गरेका छन् ।
ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ मा भाग लिन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहिबार बिहान इस्तानबुल प्रस्थान गरेका हुन् । जुन २७ देखि २९ सम्म आयोजना हुने समारोहमा भाग लिन मन्त्री दाहाल इस्तानबुल गएका हुन् ।

समारोहमा मन्त्री दाहालले जुन २७ का दिन भूपरिवेष्ठितबाट भुजडीत प्रयासमार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरहरुका विषयमा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।
समारोहमा विभिन्न मुलुकका मन्त्रीहरु, उच्चस्तरीय नीति निर्माता, अन्तर्राष्ट्रिय संस्थाहरू तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरू, उद्योग क्षेत्रका अगुवा, निजी क्षेत्र तथा विज्ञहरू सहभागी हुने जनाइएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय यातायात मार्गहरूको विकास तथा अभिवृद्धिमा उच्चस्तरीय छलफल हुनेछ ।
मन्त्री दाहाल ३० जुनमा नेपाल फर्कने कार्यतालिका रहेको छ ।













प्रतिक्रिया