७ असार २०८३, आइतबार

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । नेकपा (एमाले)को आजको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजन, सफल र प्रभावकारी भएको मूल्याङ्कन गरेको छ ।

प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठूला दलको सहभागितामा गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको निष्कर्ष निकालेको हो ।

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले सुशासन र सेवा प्रवाहका क्षत्रमा ध्यान दिनुपर्नेमा जोड दिइएको बताउँदै दैलेखमा मिथेन ग्यासको उत्खनन्को प्रारम्भिक प्रतिवेदन आउनुलगायतका काम थप उपलब्धिका विषय भएको निचोड निकालेको जानकारी दिए ।