
काठमाडौं, ११ असार । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यतालिकाका कारण ३ बजेका लागि सारिएको थियो ।
आजको बैठकमा विधान महाधिवेशनको तयारी, पार्टीको साङ्गठनिक गतिविधि र समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।
एमालेले यसअघि नै आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन निर्णय गरिसकेको छ ।










प्रतिक्रिया