
काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी)ले आउँदो शुक्रबारका लागि सचिवालय बैठक बोलाएको छ । पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधव नेपाल जोडिएपछि अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दाबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
बैठकमा पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता तोक्नबोरे पनि छलफल हुने बुझिएको छ । अख्तियारले अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि उनीमाथि पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता तोक्न दबाब छ । साथै, बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।








प्रतिक्रिया