२० कार्तिक २०८३, शुक्रबार

पाटनमा सिजाङको फोटो प्रदर्शनी, नेपालीले देखे विकासका तस्वीरहरू

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । ललितपुरको केन्द्र मंगलबजारमा मंगलबार चीनको सिजाङ प्रान्तको संस्कृति र विकासका ८५ वटा फोटो प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीको आकर्षण यति बढी थियो कि पुल्चोकबाट ग्वार्को ओहोरदोहोर गर्ने यात्रुहरूले समेत आफ्ना सवारी सडकमा नै रोकेर फोटो खिचिरहेका देखिन्थे ।

मंगलबजार क्षेत्रमा घुम्न आएका स्थानीय तथा विदेशी पर्यटकहरूले तस्वीर प्रदर्शनीलाई अत्यन्त रुचिपूर्वक अवलोकन गरेका थिए । यहाँ दिनभरि आउनेजाने मानिसहरूले केही समय भएपनि यो प्रदर्शनी हेर्न समय निकालिरहेका थिए । उनीहरूले प्रत्येक तस्वीरलाई एकाग्रताका साथ हेर्दै सिजाङ प्रान्तको भौगोलिक र सांस्कृतिक विविधतालाई बुझ्न प्रयास गरिरहेका थिए । नेपाली दर्शकहरूको भने छिमेकी देश चिनको सिजाङ प्रान्तका संस्कृति र विकासका तस्वीरहरूमा आश्चर्य र प्रशंसाको मिश्रण स्पष्ट देख्न देखिन्थ्यो । छिमेकी देशको विकाससँग आफ्नो देश वा स्थानीय अवस्थासँग दाँज्दै कहिले यस्तो विकास होला भनेर आशा र आश्चर्य मिसाउँथे ।

पाटन दरवार स्क्वायरमा प्रदर्शनीमा राखिएको पोताला दरवारको तस्वीरसँग पाटनको मल्लकालीन दरवारलाई दाँज्थे भने ल्हासा सिगात्से एक्सप्रेस वे लगायत सडक विकासका तस्वीर हेर्दै ग्वार्कोको सडकका चर्चालाई दाँज्थे । स्थानीय तथा स्वदेशी पर्यटकले पाटनमा मंगलबार गरिएको तस्वीरप्रदर्शनीबाट चीनको सिजाङ प्रान्तको संस्कृति तथा विकास प्रत्यक्ष अवलोकनको अनुभूती गरेका छन् ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षका अवसरमा शनिबार आयोजित सांस्कृतिक सप्ताहअन्तर्गत नै सञ्चालित तस्वीर प्रदर्शनी पाटन दरवार स्क्वायरमा मंगलबार आयोजना गरिएको थियो ।

सिजाङ इन्टरनेशनल कम्युनिकेसन सेन्टर र नेपाल चाइना मिडिया फोरमको संयुक्त आयोजनामा तस्वीर प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो ।