८ असार २०८३, सोमबार

भारतले इरानबाट उद्धार गरेका दुई नेपाली दिल्ली आइपुगे

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । भारतले इरानबाट उद्धार गरेको दुई जना नेपाली दिल्ली आइपुगेका छन् । भारतस्थित नेपाली दूतावासका अनुसार इरानबाट भारतीय टोलीसँगै नेपालका गणेशप्रसाद पोखरेल र सुमन गैरे मंगलबार दिल्ली आइपुगेका हुन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवालका अनुसार इरानको मसदबाट २८१ भारतीय, तीन श्रींलकाली र दुई जना नेपाली भारत आइपुगेका छन् । नेपालले इरानबाट आफ्ना नागरिक पनि उद्धार गरिदिन भारतलाई आग्रह गरेको थियो ।

उनीहरूलाई नेपाली दूतावासका अधिकारले एयरपोर्टमा लिन गएका थिए । उनीहरू भारतबाट काठमाडौंका लागि प्रस्थान गरिसकेका छन् ।

दूतावासका अनुसार इरानबाट ११ जना नेपाली नेपाल आउन लागेकोमा पहिलो चरणमा दुई जनाको उद्धार गरिएको हो ।