२८ जेष्ठ २०८३, बिहिबार

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुमपश्चिम, ९ असार । रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

प्रहरी निरीक्षक पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गनेशा एक्कासी बेहोस भएकी थिइन् । तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्‍याएकामा चिकित्सकले गएराति नै मृत्यु घोषणा गरेको जनाइएको छ ।