२६ असार २०८३, शुक्रबार

यस्तो छ अमेरिकी आक्रमणप्रति इरानको पहिलो प्रतिक्रिया

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार ।  अमेरिकी आक्रमणप्रति इरानको पहिलो प्रतिक्रिया आएको छ ।

इरानले तीनवटा आणविक स्थलहरूमा कुनै ठूलो क्षति नभएको र विकिरण चुहावट नभएको बताएको छ । आणविक स्थलहरू नजिकै बस्ने बासिन्दाहरूलाई प्रदूषण वा खतराको कुनै संकेत नदेखाएको पनि इरानले जनाएको छ ।

‘मानिसहरूलाई कुनै खतरा छैन । तीनवटै आणविक अड्डाहरूको सुरक्षा स्थिर र राम्रो अवस्थामा छ । आक्रमणबाट तीनवटै आणविक अड्डाहरूमा धेरै क्षति भएको छैन ।’ इरानले भनेको छ ।

इरानका विदेशमन्त्री सईद अब्बास अराघचीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्य अमेरिकाले इरानको आणविक स्थलहरूमा आक्रमण गरेर संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानून र एनपीटीको उल्लंघन गरेको बताएका छन् ।

‘अमेरिकी आक्रमण अत्यन्तै घृणित छ र यसको दीर्घकालीन परिणाम हुनेछ । संयुक्त राष्ट्र संघका प्रत्येक सदस्यले अमेरिकाको खतरनाक, अराजक र आपराधिक व्यवहारबाट चिन्तित हुनुपर्छ । इरानविरुद्ध अमेरिकाको कारबाही अन्तर्राष्ट्रिय नियमहरूको उल्लङ्घन हो ।’ विदेशमन्त्री अब्बासले भने ।

तस्निम समाचार एजेन्सीका अनुसार इरानी सांसद मनन रईसीले फोर्डो आणविक स्थलमा कुनै गम्भीर क्षति नभएको बताए ।

इजरायलसँग युद्ध गरिरहेको इरानमाथि अमेरिकाले आक्रमण गरेको थियो । अमेरिकाले इरानका तीन आणविक केन्द्र फोर्डो, नातान्ज र इस्फहानलाई निशाना बनाएको थियो ।

अमेरिकाले फोर्डो आणविक स्थलमा बी२ स्पिरिट बमवर्षकबाट बंकर बस्टर बम खसालेको थियो भने नातान्ज र इस्फहानमा टोमाहक मिसाइलहरू प्रहार गरेको थियो ।