
धादिङ, ७ असार । नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशन पश्चात प्रथम प्रतिनिधि परिषद् बैठक धादिङबेसीमा सुरु भएको छ ।
एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका हुन् ।

कार्यक्रममा जिल्ला अध्यक्ष त्रिपाठीले पार्टीको संगठन, सदस्यता तथा जिल्लामा अन्य पार्टीको उपस्थितिको विश्लेषणसहितको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरे । एमालेले बैंकिङ कारोबार मात्र गरेको, भौचर उठाएको र स्पष्ट आर्थिक गतिविधि रहेको जानकारी दिइएको थियो ।
एमाले धादिङ लेखा आयोगका उपाध्यक्ष गोकर्ण दुवाडीले आर्थिक प्रतिवेदन पेश गरे ।
उद्घाटन समारोमा एमाले केन्द्रीय सदस्य खेम लोहनी, जानुका सिंखडा, केन्द्रीय सल्लाहकार परिषद् सदस्य जगन्नाथ नेपाल, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाल लगायतको आतिथ्य रहेको छ ।
प्रतिनिधि परिषद्मा जिल्लाका १३ पालिकाका एमालेका पुराना नेताहरु २६ जनालाई सम्मान गरिएको जिल्ला सचिव राधिका सापकोटाले जानकारी दिइन् ।









प्रतिक्रिया