
काठमाडौं, ७ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ ।
वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजना लगायतका एजेन्डामा छलफल गरी आवश्यक निर्णय गर्न बैठक बस्न लागेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे सुरु हुने बस्नेतले बताए ।









प्रतिक्रिया